१५ बैशाख २०८१, शनिबार

च्याम्पियन्स लिगमा ६ बर्ष पछि आर्सनलको सानदार जीत

ars

पहिलो खेलवाट आर्सनलले ऐतिहासिक तथा सानदार जीत निकालेको छ ।

युरोपियन च्याम्पियन्स लिगमा ६ बर्ष पछि फर्किएको आर्सनलले यस सिजनको पहिलो खेलमा सानदार जीत निकालेको हो ।

२०२३– २४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि आर्सनलले ४–० को सानदार जित निकालेर रेकर्ड बनाएको अन्तर्राष्ट्रिय खेल समाचारले जनाएका छन ।

गए राती सम्पन्न समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनल ४– ० ले विजयी भएको हो । उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफ मा नै तीन गोल गरेको थियो ।

आर्सनलका बुकायो साकाले आठौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए भने लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा थप अर्को गोल गरे पछि आर्सनलको अग्रता दोब्बर हुन पुगेको थियो ।

गाब्रीएल जेससले ३८औं मिनेटमा गोल गरे पछि आर्सनलले पहिलो हाफमा नै ३–०को फराकिलो अग्रता बनाउन सफल भयो ।

पहिलो हाफमा नै ३–० को अग्रता लिएको आर्सनलका कप्तान मार्टिन ओडेगार्डले ७०औं मिनेटमा थप गोल गरे पछि खेल ४–० मा टुंगियो ।

सो जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रामा ६ बर्ष पछि शुभ सुरुवात गरेको छ ।