१६ चैत्र २०८०, शुक्रबार

टुटल र पठाओले यात्रु बोके अब कारवाही गर्ने सरकारको चेतावनी

pathao and tootle

मोबाइल एपको माध्‍यमबाट दुई पाङ्ग्रे र चार पाङग्रे निजी सवारी साधनलाई सार्वजनिक रुपमा प्रयोग नगर्न सरकारले चेतावनी दिएको छ।

यातायात व्यवस्था विभागले निजी दर्ता सवारी साधनले भाडामा यात्रु बोकेर सार्वजनिक प्रयोग गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

निजी सवारीलाई भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओ लगायतको सेवा यो सूचना आएसँगै प्रभावित हुनेछ । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारवाही थालिने बताएको छ ।

yatayat

यसअघि पनि विभागले यस्तै चेतावनी दिंदा प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही रोक्न निर्देशन दिएपछि विभाग पछि हटेको थियो ।

बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसार्न तुरुन्त बन्द गर्न भनेको हो।

सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।