१६ चैत्र २०८०, शुक्रबार

राजपा अध्यक्ष मण्डल संयोजकमा राजेन्द्र महतो

rajendra mahato nepal

राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन्।

बुधबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधान अनुसार आलोपालो प्रणाली अनुसार महतोलाई जिम्मेवारी दिइएको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकबाट बिहीबारदेखि लागू हुने गरी अध्यक्ष मण्डलको संयोजकको जिम्मेबारी महतोलाई दिइएको हो । “२०७६ मंसिर ५ गतेदेखि राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेबारी राजेन्द्र महतोले सम्हाल्ने गरी निर्णय गरिएको छ,” ।

साथै, उक्त बैठकले जिल्लाहरूमा वडा समिति, पालिका समिति र जिल्ला समिति गठन गर्न बाँकी रहेका स्थानमा २० दिनको म्याद थप गर्ने निर्णय गरेको छ।

“केन्द्रीय पर्यवेक्षकहरु आ–आफ्नो कार्यक्षेत्रमा गइ मंसिर २५ गतेसम्म गठन सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी गराई मंसिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठकमा सम्पूर्ण कागजातसहितको प्रतिवेदन लिई केनद्रीय कार्यालयमा आउन सबै केन्द्रीय पर्यवेक्षकहरुलाई निर्देशन दिने निर्णय गरियो,” बैठकपछि अध्यक्ष मण्डलका संयोजक ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित समाचार...