१३ बैशाख २०८१, बिहीबार

अब प्रचण्डले नेकपाको ‘कमान्ड’ समाल्ने

Prachanda K P Oli 20180604 402 602

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएका छन् ।

नेकपा सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको हो।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सरकारको काम गर्ने र प्रचण्डले पार्टीको काम गर्नेगरी सचिवालय बैठकले जिम्मेवारी बाँडफाड गरेको हो ।

लामो समयदेखि चर्चा रहे पनि प्रचण्डलाई सचिवालय बैठकले कार्यकारी अधिकारी दिएको थिएन् । बुधबारको बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अब नेकपा सचिवालय बैठकको अध्यक्षतासमेत प्रचण्ड स्वयम्ले गर्नेछन् ।

    सम्बन्धित समाचार...