१४ बैशाख २०८१, शुक्रबार

अझैसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागेको छैन

narayankaji shrestha

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । तर अझैसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागेको छैन ।

बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी बाँडफाँट गरे पनि मन्त्री हेरफेरबारे टुंगो लगाएको छैन ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् ।

बुधवार भएको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा छलफल नभएपनि तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनाबारे जानकारी गराएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गरिराख्नुभएकै छ । आजको बैठकमा त्यसबारेमा थप छलफल भएन । प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गर्नुभए अनुसार तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छ ।’

प्रधानमन्त्री ओलीले मंगलवारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई समेत पुनर्गठनबारे जानकारी गराएका थिए । ओली सरकारबाट हट्ने र नयाँ थपिने मन्त्रीको नाम भने आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।