२० बैशाख २०८१, बिहीबार

निजी मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम, नभए ठगीको मुद्दा चलाउने

nepal education ministry

सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ । नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरे ।

चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले भने, ‘उहाँहरुले मिलाउनु भएन भने विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जान्छ ।’

१५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी छ ।

तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने मन्त्री पोखरेलले बताए । उनले भने, ‘कानून सबैका लागि लागू हुन्छ ।’

भिभावक र विद्यार्थीहरुलाई पनि गुपचुप रुपमा असमान सर्तहरु स्वीकार नगर्न आग्रहसमेत गरे । ‘पहिले आफू सुरक्षित हुन जस्तोसुकै शर्तहरु स्वीकार गर्ने र अहिले सरकारको निर्णय लागू भएन भन्नु भएन’, उनले भने ।