७ बैशाख २०८१, शुक्रबार

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

hundi

मोरङ,  हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख रुपैयाँ सहित २ जनालाई विराटनगर महानगरपालिका-१५ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योति कुमार साह र भारत अररिया जोगबनी बस्ने १९ वर्षीय विक्की कुमार साह रहेका छन् ।

सोही ठाउँस्थित खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ज्योति कुमारको साथमा ४ लाख रुपैयाँ र मोटरसाइकलमा सवार विक्की कुमारको साथमा ३ लाख रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उक्त रकमको उनीहरुले कुनै श्रोत खुलाउन सकेका छैनन् ।

प्रारम्भीक अनुसन्धानको क्रममा उक्त रकम भारत अररिया जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डी कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछि प्रति १ लाख १ सय रुपैयाँ पाउने गरेको खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा वुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित समाचार...