१३ बैशाख २०८१, बिहीबार

नेपाल र कुवेतको खेल भुटानमै हुने पक्का

nepal vs kuwait fifa world cup 2022 qualifier

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्रको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ  ।

नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एसियन फुटबल महासंघले एन्फाको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको छ ।

मंसिर ३ गते दशरथ रंगशालामा हुने भनिएको खेल पूर्ण रुपमा रंगशाला निर्माण भइनसकेको कारण एएफसीले नेपाल र कुबेतबीचको खेल नगराउन आदेश दिएको थियो ।

योसँगै एन्फाले आफ्नो होम खेल (घरेलु मैदानमा) खेल्न पाउने खेल न्युट्रल भेन्यु (तेस्रो रंगशाला) मा खेल्नु पर्ने भएको थियो । एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउनका लागि प्रस्ताव गरेको थियो ।

कुबेतले यो प्रस्तावलाई अस्वीकार गर्दै कुनै खाडी मुलूकमा खेलाउनु पर्ने एएफसीसँग माग राखेको थियो । एएफसीले पनि एन्फाको प्रस्ताव स्वीकार गरेपछि भुटानमै खेल हुन लागेको हो एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

नेपाल यसअघि कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो ।

    सम्बन्धित समाचार...