१५ बैशाख २०८१, शनिबार

आइपीएल आज सुरू हुँदै, उद्घाटन खेलमा मुम्बईद्वारा चेन्‍नई सामु १६३ रनको लक्ष्य

csk vs mi

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई १६३ रनको लक्ष्य दिएको छ ।

अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको हो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रनको योगदान गरे । ३१ बल खेलेका तिवारीले ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै ओपनिङमा आएका क्विन्टन डि ककले ३३ रन बनाए । मुम्बईका लागि केइरन पोलार्डले १८ रन बनाउँदा सुर्यकुमार यादवले १७, हार्दिक पाड्या १४ र कप्तान रोहित शर्मा १२ रनको योगदान गरे ।

बलिङतर्फ चेन्‍नईका लागि लुंगी एन्गिडिले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रविन्द्र जडेजा र दीपक चहारले समान दुई–दुई विकेट लिए । चेन्नईका लागि श्याम करन, प्रियुस चहालले समान एक–एक विकेट लिए ।

आजको खेलमा दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छ ।

प्रतियोगिताको पहिलो खेल खेल्दा मुम्बई सिजनको सुखद सुरुआत गर्ने योजनामा छ । रोहित शर्माको कप्तानीमा मैदान उत्रको मुम्बईले यो सिजन पनि लिगको उपाधि जित्ने योजना बनाएको छ ।

यता महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रको चेन्नई आजको खेलमा जित निकाल्दै गत सिजन फाइलनमा हार व्यहोर्यको बदला लिने योजनामा छ ।