१६ चैत्र २०८०, शुक्रबार

आईपीएल : चौथो जितसहित मुम्बई शीर्ष स्थानमा

mi vs rr ipl

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चौथो जित निकालेको छ।

मुम्बईले आफ्नो लगातार विजय यात्रालाई जारी राख्दै आईपीएलको शीर्ष स्थानमा उक्लेको छ । मुम्बईले मंगलबार राजस्थान रोयल्सलाई ५७ रनले गरेको हो।

टस जितेको मुम्बईले अबुधावीस्थित शेख जायेद रंगशालामा ४ विकेट गुमाई १ सय ९३ रन बनायो । जवाफमा आएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमै अलआउट भयो । इंग्लिस विकेटकिपर जोस बटलरले ४४ बलमा ७० रन बनाए पनि राजस्थानलाई विजय दिलाउन सकेनन् ।

शुन्यमै यशास्वी जैसवाल आउट भएपछि राजस्थानको विकेट पतन सुरु भयो। सात रन हुँदा कप्तान स्टेभ स्मिथ ६ रनमा आउट भए। १२ रन हुँदा तेस्रो विकेटको रुपमा सन्जु सामसन आउट भएपछि राजस्थान निकै संकटमा परेको थियो। एकपछि अर्को विकेट गएपनि ओपनर जस बटलरले भने उत्कृष्ट प्रदर्शन गरिरहे। तर ४४ बलमा पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रन बनाएका बटलर जेम्स पिटिनसनको बलमा आउट भए। उनी आउट भएसँगै राजस्थानको हार पक्का जस्तै भयो। त्यस्तै, जोफ्रा आर्चरले २४ र टोम कुरनले १५ रन बनाए।

प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित मुम्बईले त्यसपछिको ५ मध्येको ४ खेल जित्दै शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्सको पनि समान ८ अंक भए पनि मुम्बई राम्रो रन रेटमा शीर्ष स्थानमा छ । त्यसको विपरीत पहिलो दुई खेल जितेर शीर्ष स्थानमा रहेको राजस्थान त्यसपछिका लगातार तीन खेलमा हार बेहोर्दै सातौं स्थानमा झरेको छ ।

मुम्बईका स्ट्राइक बलर जस्प्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । त्यस्तै जेम्स प्याटिन्सनले ३.१ ओभरमा १९ र ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर २–२ तथा किइरन पोलार्ड र राहुल

चहारले १–१ विकेट लिए । राजस्थानबाट बटलरबाहेक जोफ्रा आर्चरले ११ बलमा २४, टम कुरानले १५ र माहिपाल लोमरोरले ११ रन बनाए ।

यसअघि मुम्बईबाट सूर्यकुमार यादवले ४७ बलमा अविजित ७९ रन बनाएका थिए । उनले ११ चौका र २ छक्का प्रहार गरे । क्विन्टन डी कक १५ बलमा २३, कप्तान रोहित शर्मा २३ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३५ र क्रुनाल पाण्ड्या १२ रनमा आउट भए ।

हार्दिक पाण्ड्याले १९ बलमा २ चौका र १ छक्कासहित अविजित ३० रन बनाए । राजस्थानका श्रेयस गोपालले २ तथा आर्चर र कार्तिक त्यागीले १–१ विकेट लिए ।

Capture 1