७ बैशाख २०८१, शुक्रबार

आइपीएलमा कोलकाताको तेस्रो जित, चेन्‍नइ १० रनले पराजित

ipl

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा कोलकाता नाइट राइडर्सले जीत हात पारेको छ । १३औँ संस्करणको आइपीएल क्रिकेट प्रतियोगितामा तेस्रो जीत दर्ता गर्ने क्रममा उसले चेन्‍नइ सुपर किङ्सलाई १० रनले पराजित गर्‍यो ।

अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्‍नइदे पूरा २० ओभर खेलेर ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । चेन्‍नइका लागि शेन वाट्सनले ५० रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान नचल्दा टोलीको हार टर्न सकेन । अम्बाती रायुडुले ३० तथा रविन्द्र जडेजाले अविजित २१ रन बनाए । कोलकाताका शिवम मावी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी, सुनिल नारायण र आन्द्रे रसलले एक-एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो । ओपनर राहुल त्रिपाठीले ५१ बलमा ८१ बनाए । अन्य ब्याट्सम्यानहरुले भने २० रन भन्दा कम नै बनाएका थिए । सुनिल नारायण र प्याट कमिन्सले समान १७ रन बनाए । चेन्‍नइका ड्‍वेन ब्राभोले ३ विकेट लिए भने साम करान, शार्दुल ठाकुर र करण शर्माले २-२ विकेट लिए ।

कोलकाताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

जीतसँगै ५ खेलबाट ६ अंक बटुलेको कोलकाता अंकतालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ भने पराजित चेन्‍नइ ६ खेलबाट ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।