१५ बैशाख २०८१, शनिबार

बैंगलोरलाई हराउदै सनराइजर्स हैदरावाद दोस्रो क्वालिफायरमा

1604677433 526

इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदराबादसँग प्लेअफमा रोयल च्यालेन्जर बैंगलोर पराजित भयो ।

हैदरावादले बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ ।

पराजयसँगै बैंगलोर युएईमा जारी १३ औं संस्करणको टी–२० क्रिकेटबाट विदा भयो भने, अब हैदराबादले फाइनल प्रवेशका लागि आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

आबुधाबीमा गएराति सम्पन्न खेलमा हैदरावादसँग बैंगलोरलाई ६ विकेटले पराजित भएको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १३२ रनको लक्ष्य पछाएको हैदरावादले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

हैदराबादको जितका लागि केन विलियम्सले सर्बाधिक ५० रन बनाए भने जासन होल्डरले अविजित २४ रन बनाएका थिए । त्यस्तै मनिष पाण्डेले २२ रन र कप्तान डेविड वार्नरले १७ रन बनाए । । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चाहलले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तौ मोहमद सिराजले १० रन बनाएका थिए । बैंगलोरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । हैदराबादका जासन होल्डरले ३ विकेट लिए भने टि नटराजनले २ तथा शाह्बाज नदीमले एक विकेट लिए ।

यो जितपछि सनराइजर्स हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको छ भने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग आइतबार खेल्ने छ ।