१६ चैत्र २०८०, शुक्रबार

आनुवंशिक वैज्ञानिक बलराम गौतम ‘प्रवल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

balaram gautam

सरकारले संविधान दिवसका अवसरमा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पतालमा जेनेटिक साइन्टिस्ट पदमा कार्यरत बलराम गौतम ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गर्ने भएको छ। पोखरा लामाचौर स्थायी घर भएका गौतम विगत ५ वर्षदेखि बीर अस्पतालमा आनुवंशिक वैज्ञानिकका रुपमा कार्यरत रहेका छन ।

उनले बीर अस्पतालमा आनुवंशिक प्रयोगशाला स्थापना र नेपालमा पहिलो पटक साइयोजेनेटिक परीक्षणको शुरुवात गरेका हुन ।

देशभर कोभिड-१९ ल्याव विस्तारमा अनवरत लागेका गौतमलाई संविधान दिवस २०७७ को अवसरमा उक्त विभूषणद्वारा विभूषित गरिने घोषणा गरिएको हो।

हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत गौतम देशभर कोविड्-१९ प्रयोगशाला स्थापनाका विस्तारमा लागि परिरहेका छन् । स्वास्थ मन्त्रालय अन्तर्गत रहेर उनले पोखरा क्षेत्रीय अस्पताल, प्रादेशिक अस्पताल बुटवल, कोशी अस्पताल र भेरी अस्पताल लगायत देशका विभिन्न अस्पतालहरुमा कोविड्-१९ प्रयोगशाला स्थापनाका काम सम्पन्न गरेका छन ।

प्रयोगशाला स्थापनाका साथै उनले प्रयोगशालालाई चाहिने जनशक्तिका लागी आवश्यक तालिम पनि प्रदान गर्छन ।