१४ बैशाख २०८१, शुक्रबार

दरबारमार्गका डीएसपी रन्जन दाहाल हटाइए

Sun baramd Gold 5 1024x576 1

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डिएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ। श्रोतका अनुसार १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा छानविनका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट दाहाललाई हटाएर डीएसपी रामशरण पौडेललाई पठाइएको छ ।

दाहाललाई हाल महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण एकेडेमीमा तानिएको महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

दाहालमाथी माथिल्लो निकायलाई गुमराह पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ ।

छानविनका क्रममा दरबारमार्ग वृतका डीएसपी दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेशनको घटनास्थल नै परिवर्तन गरेको पाइएको थियो । घटनास्थल सुन्धारा भएपनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको ठम्याइ छ ।

यो सँगै एसएसपी ज्ञवालीलाई पनि तानेर काठमाडौँ प्रहरी प्रमुखमा नयाँ एसएसपी पठाउने तयारी भइरहेको श्रोतले जनाएको छ ।