१३ बैशाख २०८१, बिहीबार

नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक

Kuwait

नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ।

कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो ।

कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक लगाएको हो।

कुवेतले अगस्ट १ बाट अन्तराष्ट्रिय हवाइसेवा खोल्ने निर्णय गरेसँगै यी मुलुकबाट त्यहाँ आउने नागरिकको प्रवेशमा रोक लगाउने निर्णय हो।

कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।

लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ । कुवेत नेपालीहरूको प्रमुख रोजगारीको गन्तव्य हो।