१९ बैशाख २०८१, बुधबार

सीपीएल खेल्न सन्दीप वेष्टइण्डिज प्रस्थान

sandeep 1

राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न बिहीबार वेष्ट इण्डिज प्रस्थान गरेका छन्।

सन्दीपले सिपिएल खेल्नका लागि आज बिहान त्यसतर्फ लागेको उनका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन् । सन्दीप विहिबार कोरियन एयरलाइन्सको चार्टड विमानबाट अमेरिका हुदै सेट लुसिया गएका हुन् ।

सिवाकोटीका अनुसार सन्दीप श्रावण १७ गते शनिबार सेन्ट लुसिया पुग्ने भएका छन् ।

उनी आज बिहान कोरियन एयरलाइन्सको चार्टर विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी अमेरिका हुँदै भोलि प्रतियोगिता आयोजना स्थल पुग्नेछन्। त्यहाँ पुगेपछि सन्दीप १४ दिन क्वारेन्टिन बस्नेछन्।

सिपिएल खेल्न जानु अघि सन्दीपले स्वास्थ्य प्रोटोकल अनुसार आफ्नो कोरोना परिक्षण समेत गराएका थिए । उनको कोरोना रिपोर्ट निगेटिभ आएपछि सिपिएल खेल्न जाने बाटो खुलेको हो ।

यसअघि हवाई सेवा बन्द हुदा सिपिएल खेल्न जाने बारे अन्योल देखिएकोमा पर्यटनमन्त्री योगेश भट्टराईले विशेष पहल गरेर त्यसतर्फ जाने वातावरण बनाइदिएको बताइएको छ ।

गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई एक करोड भन्दा बढी रकममा जमैका तलावाजले अनुबन्ध गरेको थियो। 

सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन् । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलरमा जमैका तल्लावाहले सम्झौता गरेको छ ।

सन्दीपको टिम जमैका तल्लावाहमा चर्चित क्रिकेटरहरु आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशाने थोमस जस्ता खेलाडी रहेका छन् भने सन्दीपको टिमको कप्तान रोभमान पावेल रहेका छन् ।

सन्दीपको टिम जमैकाको पहिलो खेल भाद्र ३ गते (अगस्त १९) मा सेन्ट लुसियाविरुद्ध रहेको छ ।सिपिएलमा लिग चरणमा हरेक दिन दुई खेल हुनेछ।

उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनीलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले छ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए ।

जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्ने छ।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् ।