१४ बैशाख २०८१, शुक्रबार

धाेवी र रामको द्रष्ट्व्य दिदै केपी ओलीले दुबै पद छाेडने कुरा नगर्न गोकुल बाँस्कोटाको घुमाउरो चेतावनी

gokul baskota twitter

पूर्वमन्त्री तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हठात हटाउने कुराको धम्की नदिन घुमाउरो पाराले राजिनामा माग्ने समूहलाई चेतावनी दिएका छन् ।

बाँस्कोटाले ओलीलाई हटाउने धम्कि दिइरहनु भन्दा मिल्नु र मिलाउनुमै नेकपा र देशको सुदुरसम्म्को हितमा हुने कुरामा जोड गरेका छन् । उनले पार्टीका अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालको नाम उल्लेख नगरेपनि दाहाल नेपाल समूहले ओलीको राजीनामा मागेकोले उनको अभिव्यक्ति पनि उनीहरुप्रति नै लक्षित भएको अनुमान सहजै लगाउन सकिन्छ ।

साथै निष्कर्श विहिन रहेको वार्तालाई लक्षित गर्दै “महिनैपिच्छेकाे वार्ताकाे फण्डाबिनाकाे सुदृढ एकता कायम गरेकाे राम्राे।” भनेका छन ।

सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले लेखेका छन्,’धाेवीले कुरा काट्याे,मैले सीता (श्रीमती)छाेडिदिएँ भनेर रामले भनेजस्ताे हाेईन,केपी ओलीले दुबै पद छाेडने कुरा।हठात हटाउने कुराकाे धम्की दिइरहनु भन्दा मिल्नु र मिलाउनमै नेकपा र देशकाे सुदुरसम्मकाे हितमा हाेला।महिनैपिच्छेकाे वार्ताकाे फण्डाबिनाकाे सुदृढ एकता कायम गरेकाे राम्राे।’