१४ बैशाख २०८१, शुक्रबार

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी प्रहरीको नियन्त्रणमा

rape symbolic

सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत छन ।

सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । उनीहरुले भित्रसँगै रक्सी खाएका थिए ।

ती महिलाले एसएसपी अधिकारी माथी उनलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप लगाएकी छिन्। मौखिक उजुरी गरेकी ती महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन । त्यस लगत्तै प्रहरी घटनास्थलमै पुगेर एसएसपी अधिकारीलाई पक्राउ गरेको हो।

उनीमाथी द्वन्द्वकालमा माओवादीबाट प्रहरीको सुराकी गरेको आरोपमा पकली गणमा राखिएका आमा छोरीलाई २०५६ सालमा बलात्कार गरेको आरोप छ ।