१५ चैत्र २०८०, बिहीबार

साथीहरुसँग रमाइलो गर्न सुकेटे बीच पुगेकी टेन्टभित्र सामूहिक बलात्कार, युवतीको चित्कार पानीको आवाजमै विलय

rape

सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् ।

झमझम पानी परिरहेको थियो । सुकेटे बीचको एउटा टेन्टमा भने युवतीको चित्कार पानीको आवाजमै विलय भइरह्यो । युवती बचाऊ भन्दै चिच्याइरहिन् । तर, पानीको आवाजले उनको चित्कार टेन्टबाहिर नआउँदै विलय भयो । युवती बलात्कारको शिकार भइरहिन् ।

उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको प्रहरीले जनाएको छ । आरोपीहरु १७, १८ र २६ वर्षको रहेको खुलेको छ ।

उनीहरू २६ की महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए । छुट्टै टोलीमा सुकुटे आएकी युवती आराम गर्न दिउँसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको, थपलिया र कार्कीले भने मतियारको रूपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

आरोपीहरू भने एकै टोलीको रूपमा सुकुटे आएका थिए । जबरजस्ती करणी गरी फरार भएको भन्ने जाहेरीको आधारमा प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा काठमाडौं कलंकीबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

घटना १८ असारको आइतबार विहान २ देखि ३ बजेको हो । साथीहरुसँग रमाइलो गर्न युवती सुकेटे बीचमा पुगेकी थिइन् । ११ जना केटा र २ जना केटी थिए टोलीमा । उनीहरुले राति अबेरसम्म रमाइलो गरे ।

१३ जनाको टिममा कसैले रक्सी पिए त कसैल बियर अनि कसैले जुस । बलात्कृत युवतीले अलि बढी नै रक्सी पिएकी थिइन् । रक्सी लागेपछि युवतीलाई एकजना केटा साथीले टेन्टसम्म पुर्याइदिएर फर्किए । उनी आफ्नो टेन्टतर्फ आए ।

सुकेटे बीचमै पुगेका थिए बलात्कारका आरोपी ३ युवक । उनीहरुको अलग्गै टोली सुकुटे पुगेको थियो । युवतीलाई युवकहरुले अघिल्लो रात देखि नै खूबै चासो दिइरहेका थिए । उनीहरु मौकाको पर्खाइमा थिए । टेन्टमा युवती पुगेको केही बेरपछि युवकहरुले योजना बनाए । टेन्टबाहिर केही मिटर फरकमा दुई युवक उभिए । एकजना टेन्टभित्र छिरे ।

युवती रक्सीले लठ्ठ थिइन् । युवक युवतीलाई बलात्कार गर्न थाले । सुरुमा युवतीले होश गुमाएकोले चाल पाइनन् । पछि चाल पाएर कराउन थालिन् । तर, उनको आवाज नदीको गडगडाहट र झमझम वर्षाको आवाजले बाहिरसम्म पुग्न पाएन ।

एकजनाले बलात्कार गरेपछि टेन्टमा अर्को युवक पसे । उनले पनि बलात्कार गरे । त्यतिञ्जेल अन्य दुई बाहिर मान्छे आउलान् भनी हेरी बसे । तेस्रो युवकले पनि बलात्कार गरे ।

तीनजनाले बलात्कार गरेपछि युवती टेन्टबाट बाहिर निस्किइन् । साथीहरुलाई खबर गरिन् । त्यसपछि आरोपीको खोजी भयो । तीनैजना युवक भागिसकेका थिए । सुकेटे बीचमा तीनजना आरोपीको पहिचान गर्न प्रयास थालियो । उनीहरुको आइडीकार्ड छुटेको रहेछ । त्यही आधारमा पक्राउ परे ।

युवकहरु कोही नेपालगञ्ज त कोही वीरगञ्ज घर भएको खुल्यो । उनीहरु कलंकीको गणेशमान चोकमा बस्दै आएको भेटियो ।

बलात्कारका आरोपीमध्येका रुस कार्की, प्रिन्स थपलिया र सुलभ क्षेत्रीलाई कालीमाटी प्रहरीले पक्राउ गर्यो । घटना सिन्धुपाल्चोकमा घटेकाले चौतारा लगिएको छ । बलात्कृत २८ वर्षीया युवती भक्तपुरमा बस्छिन् । उनको पनि मेडिकल चेकजाँच भएको छ ।

युवतीले कुनै हालतमा बलात्कारमा संलग्नलाई कारबाही गरिछाड्ने प्रण गरेकी छिन् । उनले भनेकी छिन्,‘मलाई ज जस्ले साथ देओस् या नदेओस् म अपराधीलाई कारबाही गराइछाड्छु ।’

सुकेटे बीचको सीसीटीभी फुटेजमा युवती टेन्टमा पुगेको देखि तीन युवक पछि लागेको टेन्टभित्र पसेको सबै दृश्य कैद भएको छ । सीसीटीभी फुटेजमा युवकहरु पालैपालो टेन्टमा छिरेको र निस्केको दृश्य पनि देखिन्छ । दुईजना युवक बाहिर मान्छे आउलान् कि भनी हेर्ने र एकजना भित्र पस्ने र केही बेरमा निस्कने गरेको दृश्य पनि सीसीटीभा रहेको छ ।

युवती चिच्याउँदै निस्कँदा एकजना युवक हत्तपत्त पाइन्टको पेटी लगाएर भाग्दै गरेको दृश्य पनि देखिन्छ । यसकारण आरोपीहरु कारबाहीमा पर्ने प्रमाण बलियो देखिएको छ । उनीहरु पनि १७ असारको बेलुका सुकुटे पुगेका थिए । घटनापछि विहानै भागेर काठमाडौं आइपुगेका थिए ।