१४ बैशाख २०८१, शुक्रबार

फुट र प्रतिगमन दुवै पराजित: गोकुल बास्कोटा

gokul baskota
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि एमाले पोलिटव्युरो सदस्य तथा सांसद गोकुल बास्कोटाले फुट र प्रतिगमन दुवै पराजित भएको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन गरेको भन्दै आन्दोलनको नेतृत्व गरेका प्रचण्ड नै एमाले गठबन्धनमा फर्केपछि उनले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो। चोटपछि चेत आउने यसरी नै हो ।’

उनले अब सुस्तरी एकताको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

Capture 8