१२ बैशाख २०८१, बुधबार

बिदा दिए हुन्छ सरकारले पृथ्वी जयन्तीमा, पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्किँदैन: बास्कोटा

gokul baskota

नेकपा (एमाले)का नेता तथा सांसद गोकुल प्रसाद बास्कोटाले सरकारलाई पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन सुझाएका छन् ।

सामाजिक संजालमा आफ्नो प्रस्ताव राख्दै बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गरेका हुन् । उनले राप्रपाले पृथ्वी जयन्ती बिदा दिन माग गरेको उल्लेख गर्दै सरकारले बिदा दिए हुने बताएका हुन् ।

‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो। त्यो सरकारले दिए हुन्छ।’

उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फेवररी १४(भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ।उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।’

त्यसो त गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारले निर्णय नगरे पनि पृथ्वी जयन्ती मनाएका थिए । उनले सरकारको प्रवक्ताको हैसियतमै नेपाल प्रज्ञा प्रतिष्ठानमा पृथ्वी जयन्ती समारोहको नेतृत्व गरेर झाँकीसहितको प्रदर्शनीमै भाग लिएका थिए ।

318940032 2851877548277119 3045819160242724832 n 544x600 1