२० बैशाख २०८१, बिहीबार

रोहित भर्सेस रोहित

FvGmXEZWIAErE5v1693799666

६ महिना अघिसम्म पनि नेपालका राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई भारतीय कप्तान रोहित शर्मासँगै टसका लागि उभिन्छु भनेर । तर आज सााच्चिकै नेपालले भारतसँग खेल्दैछ र सबै नेपाली समर्थकको सपना वास्तविकतामा परिणत हुँदैछ ।

नेपालले एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । नतिजा नेपालको पक्षमा रहेन । तर कहिलेकाँही हारले पनि जितभन्दा ठूलो अर्थ राख्छ । नेपालका लागि हाल ओडीआई वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानविरुद्धको खेल सिकाइको ठूलो अवसर थियो ।

अब दोस्रो खेलमा नेपालले भारतसँग खेल्दैछ । रोहित पौडेल भर्सेस रोहित शर्माबीचको खेललाई लिएर समर्थक उत्साहित छन् । विश्व क्रिकेटका सुपर स्टार विराट कोहली, रोहित, श्रेयस ऐयर, इशान किशन, शुभमन गिल, हार्दिक पान्डेयाविरुद्ध बलिङ गर्न सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने तयार छन् ।

कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, आरिफ शेख लगायतले जसपि्रत बुमराह, मोहम्मद शमी र मोहम्मद सिराजको स्विङ र पेसको सामना गर्दै इनिङ्सलाई अघि बढाउनु पर्नेछ । युबा अल राउन्डर गुल्सन झाले कस्तो प्रदर्शन गर्छन् त्यो पनि रोचक हुनेछ ।

भारतले एसोसिएट राष्ट्र नेपाललाई कमजोर आक्ने छैन । पाकिस्तानसागको खेल वर्षाका कारण रद्द भएपछि सुपर फोरमा पुग्न भारतलाई नेपालमाथि जित आवश्यक छ । नेपालको पनि सुपर फोरको सम्भावना बाँकी नै छ । समर्थकको एउटै कामना छ, सोमबार क्यान्डीमा पानी नपरोस् ।

आफ्नै देशविरुद्ध उत्रनुअघि मोन्टी देसाई भन्छन्, ‘सबै कुरा योजनाअनुसार नै भइरहेका छन् । हारले खेलाडीलाई दुःख त भइहाल्छ । तर, यो हारबाट सिक्दै अघि बढ्ने हो । भारतसँगको खेलमा अझै राम्रो गर्ने विश्वासका साथ मैदानमा उत्रने हो ।

सिनियर टोलीहरुको यो पहिलो भेट भए पनि दुई छिमेकी देशका युवा टोली पटक पटक एक अर्काविरुद्ध खेलिसकेका छन् । सन् २०१७ मा मलेसियामा सम्पन्न एसीसी यू-१९ एसिया कपमा नेपालको युवा टोलीले भारतविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो । दिपेन्द्रसहित रोहित, सन्दीप लामिछाने, भीम सार्की र आरिफ शेख अहिले सिनियर टिममा छन् ।

मोन्टी देसाई र राहुल द्रविडबीच रोचक प्रतिस्पर्धाको अपेक्षा समर्थकलाई छ । फेभरेट भारत नै हो । तर नेपालसामु भारतलाई पराजित गर्ने पहिलो एसोसिएट राष्ट्र बन्ने अवसर पनि छ ।