१९ बैशाख २०८१, बुधबार

अमेरिका र चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री दाहाल राष्ट्रपति निवासमा

Prachand Paudel

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवास पुगेर प्रधानमन्त्री दाहालले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको जनाए । उनका अनुसार प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच समसामयिक विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन यही भदौ ३० (सेप्टेम्बर १६) मा न्युयोर्क जाने लागेका छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । दाहाल अमेरिका भ्रमण सकेर उतैबाट चीन जाने तालिका छ ।