२३ बैशाख २०८१, आईतवार

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या

bir hospital

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् ।

वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौँ तलबाट आज बिहान २ बजे ती पुरुष खसेको सीसीटीभी फुटेजमा देखिएको छ । मृतक पुरुषको हालसम्म पहिचान हुन नसकेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिए ।

ती पुरुषले आफूलाई बिरामीको कुरुवा भन्दै अस्पताल प्रवेश गरेका थिए । तर अस्पताल प्रशासनले उनका कोही पनि बिरामी अस्पतालमा नभेटेको जनाएको छ ।

उनको मृत्यु पछि कोही पनि आफन्त सम्पर्कमा नआएको जनाइएको छ । हाल उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

छैटौँ तलामा रहेको खुला स्थानबाट उनले हामफालेको देखिएको सूचना अधिकारी मिश्रको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित समाचार...