७ बैशाख २०८१, शुक्रबार

५ एजेण्डामा छलफल गर्ने गरी नेकपा स्थायी कमिटी बैठक शुरु

NCP secretariat meeting during lockdown
फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ। बैठकमा ५ एजेण्डामा माथी छलफल हुने जनाइएको छ । पछिल्ले समय निकै नै पेचिलो बनेको एमसीसीलगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा विहान भएको भेटले एजेन्डा तय गरेको हो।

एजेण्डामा कोविड -१९ नियन्त्रण र रोकथाम्, नेपालको सिमा समस्या र नयाँ नक्सा र एमसिसि लगायतका विषय रहेका छन् ।

बैठकमा दुवै अध्यक्षले वर्तमान परिस्थिति र स्थायी कमिटीबारे मन्तव्य राख्नेछन्।