४ बैशाख २०८१, मंगलवार

आज बिहान साढे ९ बजे बस्दै नेकपा सचिवालय बैठक

NCP secretariat meeting during lockdown
फाइल फोटो

आज (शनिबार) बिहान साढे ९ बजे नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा प्रस्तुत बजेट, बजेटमा उल्लेखित एमसिसी तथा संविधान संशोधन लगायतका विषयमा छलफल हुने बताइएको छ।

यसअघी शुक्रबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बजेटमा अमेरिकन सहयोग मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी)को कार्यक्रम राखिएको भनेर केहि नेताहरुले आपत्ती जनाएपछी आजको बैठकमा यस बिषयमा छलफल हुने बुझिएको छ । २०७६ मंसिर-पुषमा बसेको नेकपा स्थायी कमिटी बैठकदेखि एमसिसीको विषय नेकपामा पेचिलो बन्दै आएको छ।

प्रचण्ड र ओली बीचको भेटमा समसामयिक राजनीतिक कुराकानीसमेत भएको छ। नयाँ नक्सा, निशान छाप परिवर्तनका लागि हुन लागेको संविधान संशोधन लगायतको विषयमा समेत छलफल भएको थियो।