१५ चैत्र २०८०, बिहीबार

दैनिक उकालो लाग्दै कोरोना संक्रमितको ग्राफ, काठमाडौं र भक्तपुरमा गरी २ जनामा संक्रमण पुष्टी

covid graph linear

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस मिट अनुसार मंगलबार नेपालमा ६२९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ५१९ पुरुष र ११० जना महिला रहेका छन ।

मंगलबार थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १०,७२८ पुगेको छ । तीमध्ये महिला १०९४ र पुरुष ९,६३४ जना रहेका छन् ।

त्यसैगरी काठमाडौंका एक पुरुष र भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

covid graph