१३ बैशाख २०८१, बिहीबार

यस वर्ष पुर्वराज ज्ञानेन्द्र जन्मदिन नमनाउने, वक्तव्य मार्फत गरे प्रश्न “भ्रष्टाचार, लापरवाहि, पक्षपात र भेदभावका कुरा किन दिनौं उठिरहन्छ ?”

Gyanendra Shah
फाइल फोटो

असार २३ गते ७४ वर्ष लाग्ने पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिन नमनाउने घोषणा गरेका छन् । उनले मुलुकलाई कोरानाभाइरसले आक्रान्त पारेको तथा जनताले ज्यान गुमाउनुका साथै संक्रमित भएको विषम अवस्थामा आफूले यही महिना पर्ने जन्मदिन नमनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

बुधबार एक लिखित वक्तव्य जारी गर्दै उनले आरोप प्रत्यरोप, निषेध र प्रतिशोधको भावनाले कसैको हित नगर्ने भन्दै राष्ट्रियता, एकतालाई मुल मन्त्र बनाउँदै अघि बढ्नु पर्ने बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाल बहूजातीय, बहूभाषिक र बहूविविध भौगोलिक विशेषता रहेको मूलूक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा पनपनाउंदै गएको जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन ।’

विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहदा चूनौती पनि आएको यो समय सन्दर्भ एक असर पनि र अवसर पनि भएको उल्लेख गर्दै उहाँले फर्कने सबैको श्रम, शिप र सामर्थको सदूपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनू पनि नितान्त जरुरी रहेको बताउनु भएको छ ।

यसका साथै उनले देशभक्ति, जनताका स्वास्थ र सुरक्षा, सिमा सुरक्षा, भ्रष्टाचार, भेदभावका जस्ता यावत विषय लिएर युवाहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने भन्दै यस्ता विषय विचारणिय रहेको उल्लेख गरेका छन् ।

Gynendra birthday wigyapti