११ बैशाख २०८१, मंगलवार

कोविड्-१९ को नभएर पतञ्जलिलाई रोग प्रतिरोधात्मक क्षमता, खोकी र ज्वरोको लागि लाइसेन्स दिइएको: उत्तराखंड आयुर्वेद विभाग

corona ramdev

उत्तराखंड आयुर्वेद विभागका एक अधिकारीका अनुसार योग गुरु रामदेवको पतञ्जलि आयुर्वेदले कोविड्-१९ को उपचारका लागि कसरी अनुमति प्राप्त गर्‍यो भन्ने विषयमा एक पत्र काटिएको छ ।

एएनआई एजेन्सी संग कुरा गर्दै अधिकारिले भने ‘आयुर्वेद विभागले पतञ्जलिलाई रोग प्रतिरोधात्मक क्षमता, खोकी र ज्वरोको लागि मात्र लाइसेन्स दिएको छ’। जून १० मा पतञ्जलिको आवेदन अनुसार हामीले जून १२ मा उनलाई इजाजत पत्र जारी गर्‍यौं। उनीहरूले कोरोनाभाइरसको उल्लेख गरेनन, हामी केवल रोग प्रतिरोधक क्षमता, खोकी र ज्वरोको लागि अनुमति पत्र स्वीकृत गरेका थियौं।”

हामीले उनीहरूलाई कोविड्-१९ को उपचारको लागि आयुर्वेदिक उपचार दाबी गर्ने औषधि बनाउनको लागि अनुमति कसरी प्राप्त गरेको भनेर प्रश्न गरेका छौ ।

यसै बिच आयुर्वेद, योग र प्राकृतिक चिकित्सा मन्त्रालयका केन्द्रीय राज्यमन्त्री श्रीपद नायकले “पतञ्जलिले बुझाएको प्रतिवेदनको मन्त्रालयले समीक्षा गरिसकेपछि आफ्नो धारणा स्पष्ट पार्ने” भने ।

श्रोत: एजेन्सी