१२ बैशाख २०८१, बुधबार

आज साँझ ५ बजे राष्ट्रपति निवासमा रात्रिभोज, नेताहरुलाई निम्ता

shital niwas

आज साँझ ५ बजे शितल निवासमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्ने भएकी छन्। शितल निवास स्रोतका अनुसार समसामयिक विषयमा छलफल गर्न उक्त भेला डाकिएको हो ।

भेटवार्ताका लागी कस-कसलाई बोलाईएको छ भन्ने विवरण प्रष्ट नभए पनि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता, सभामुख, उपराष्ट्रपति लगायतलाई निम्तो गएको बुझिएको छ ।

राष्ट्रपति कार्यालयबाट निम्तो पाएकामा जनता समाजवादी पार्टी(जसपा)का नेता राजेन्द्र महतो, कांग्रेस नेता रामचन्द्र पौडेल सहित अन्य केहि दलका नेता पनि रहेका छन ।

आजै सुरू हुने नेकपाको स्थायी कमिटी बैठककै दिन बोलाइएको रात्रिभोज सहितको भेटघाटलाई अर्थपूर्ण लिइएको छ ।