४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालले भने- दोषी प्रमाणित भए जेल जान तयार छु

prac 1

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी लडाकु शिविरमा अनियमितता नभएको दाबी गरेका छन् । उनले बिहीबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो जनाएका छन् ।

‘माओवादी लडाकु शिविमा कुनै अनियमितता भएको छैन । दोषी प्रमाणित भए जेल जान तयार छु,’ प्रधानमन्त्री दाहालले भने । उनले आफू लडाकु शिविरमा कुनै अनियमिततामा दोषी ठहर भए जेल जान तयार रहेको भन्दै यो विषयमा उजुरी परे सरकार छानबिनका लागि तयार रहेको पनि उनले प्रतिबद्धता जनाए ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘लडाकु शिविरमा अनियमितता भएको उजुरी परे सरकार छानबिनका लागि तयार छ ।’ अहिले प्रतिनिधिसभामा सांसदहरुले प्रश्न उठाउने र प्रधानमन्त्रीले उत्तर दिने क्रम चलिरहेको छ ।