४ जेष्ठ २०८१, शुक्रबार

शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री प्रचण्ड

prac 1

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नितिमा गुणात्मक सुधार गरिने जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको जनाए । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । गुणस्तरीय र रोजगारमुलक शिक्षा प्रदान गर्न शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गरिदैँ आएको छ । यस्ता कार्यलाई निरन्तरता दिई शिक्षा प्रणाली थप सुदृढ गरिने व्यहोरा सदनलाई जानकारी गराउन चाहान्छु,’ उनले भने, ‘नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त भएका विभिन्न प्रस्तावहरुको सम्भाव्यता अध्ययन कार्य भइरहेको छ । अध्ययनको आधारमा मल कारखाना स्थापनाको कार्यलाई उच्च प्राथमिकता दिई अगाडी बढाइने जानकारी सदनलाई दिन चाहान्छु ।’

प्रधानमन्त्री दाहालले आव. २०७९/८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको पनि जानकारी गराए ।