१४ बैशाख २०८१, शुक्रबार

आरजुको बचाउमा कांग्रेस, २ करोड लिएको अडिओ नक्कली भएको दाबी

prakash saran mahat

प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणबारे पार्टीको धारणा सार्वजनिक गरेको छ ।

प्रवक्ता डाक्टर प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले अनुसन्धानमा सघाउ पु¥याईरहेको बताएका छन । उनले भ्रष्टाचारी विरुद्ध नेपाली कांग्रेस कडा र निर्दयी रहेको बताएका छन तर नेतृ आरजु राणा देउवाको भने बचाउ गरेका छन ।

अन्तराष्ट्रिय मिडिया र समुदायले पनी चासोको साथ हेरेको नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले देशभित्रको माहोल तात्तिएको छ । यो प्रकरणमा मुछिएका लोप्रोफाईलदेखी हाईप्रोफाईलसम्मलाई प्रहरीले पक्राउ गर्दै अनुसन्धान अगाडी बढाएको छ ।

सत्यतथ्य छानबिनको माग गर्दै सर्वसाधारण नागरीक, नागरीक अगुवादेखी राजनीतिक दलका नेताहरु समेत सडकमा उत्रेका छन । साना ठुला सबै पार्टीले संसदमा समेत आवाज उठाएका छन । यही बिचमा संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पाटी प्रवक्ता डा. प्रकाश शरण महतले पत्रकार सम्मेलन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले अनुसन्धानलाई सघाउ पु¥याईरहेको बताए ।

कांग्रेस प्रवक्ता महतले भ्रष्टाचारीविरुद्ध नेपाली कांग्रेस कडा र निर्दयी रहेको बताएका छन । तर केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको भने बचाउ गरेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियासँग नेतृ आरजुले २ करोड लिएको अडिओ सार्वजनिक भएको थियो ।

आरजु स्वयमले भने उक्त अडिओ नक्कली भएको भन्दै सत्यतथ्य प्रमाणित होस् भनेर साइबर ब्युरोमा उजुरी नै दिएकी छिन । कांग्रेसले पनी उक्त अडियो आर्जुको नभएको दाबी गरेको छ । बरु कांग्रेसले आर्जुमाथी मिडिया ट्रायल भइरहेको आरोप लगाएको छ ।

अर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता डा. महतले कांग्रेस नेता बालकृष्ण खाँणले आफूलाई निर्दोेष सावित गर्ने बताएको भन्दै पार्टीले उनलाई कारबाहि नगरीएको समेत बताएका छन् । कांग्रेस नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागी पूर्ण सहयोग गर्न तयार रहेको भन्दै डा. महतले दोषी नउम्किऊन्, निर्दोष नफसून् भन्ने आफुहरुको मान्यता रहेको बताए ।