२८ बैशाख २०८१, शुक्रबार

चार गुणाले घट्यो रोमिङ महसुल

image 42
फाइल फोटो

नेपाल टेलिकमले नेपाल बाहिर फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले बुधबारदेखि रोमिङ महसुलमा चार गुणासम्मको कटौती गरेको हो । विशेष गरी बुधबारदेखि भारत र थाइल्याण्ड जाने नेपालीहरुले प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको हो ।

अब नेपाल टेलिकमको सिमबाट भारतमा फोन गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ । यस्तै, भारत जाने नेपालीहरुले फोन उठाउँदा पनि सात रुपैयाँ मात्रै शुल्क लाग्ने छ ।

यसअघि रोमिङ सेवा लिएर भारतमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ र फोन उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ तथा एसएमएसमा प्रति एसएमएस २४ रुपैयाँ शुल्क लाग्ने गर्दथ्यो ।

यस्तै, नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमा फोन गर्दा र नेपालमा भएको नम्बरमा फोन गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्ने छ । यसअघि प्रतिमिनेट १ सय ३५ रुपैयाँ थियो ।

यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट २५ रुपैयाँ मात्रै लाग्ने छ । थाइल्याण्डमा एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ मात्रै लाग्ने छ । भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा प्रति एमबी ५ रुपैयाँ मात्रै लाग्ने छ ।

    सम्बन्धित समाचार...