२८ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालको दिनचर्या काम भन्दा बढी भाषणमा केन्द्रित

prachanda pm
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको जेठ ११ गते पाच महिना पुग्दैछ । देशमा संघिय गणतन्त्र स्थापनापछी तेश्रो पटक सत्ताको नेतृत्व सम्हाल्दा प्रधानमन्त्री प्रचण्डले अब कम भाषण गरेर बढी काम गर्ने दाबी गरेका थिए । तर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै फुर्सदमा देखिएका प्रधानमन्त्री प्रचण्डको दिनचर्या काम भन्दा बढी भाषणमा केन्द्रित हुन थालेको छ ।

गत वर्ष पुष ११ गते नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपाली कांग्रेसको समर्थनमा सत्ता टिकाईरहेका छन । प्रतिनिधि सभामा ३२ सिटको बलमा प्रधामन्त्रीको कुर्शी जोगाउन सफल भईरहेका प्रधानमन्त्री प्रचण्डले काम भन्दा बढी भाषण गर्न थालेका छन । पाँच महिनाअघि प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुदै गर्दा सार्वजनिक मञ्चबाटै प्रचण्डले अब काम गरेर देखाउने भन्दै भाषण गरेर समय बर्बाद नगर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड कुर्शीमा बिराजमान भएको जेठ ११ गते पाच महिना पुग्दै छ । तर उनले भने जस्तो उनको यो ५ महिनाको कार्यकाल काम बढी र भाषण कम जस्तो हुन सकेन । पाच महिनाको अबधीमा प्रधानमन्त्री प्रचण्डले अधिकांस समय भाषण गरेरै बिताएका छन । उनि बैसाख १० को उपनिवाचनको प्रचार प्रसारमा हेलीकप्टर चढेर भाषण गर्न तनहु, चितवन र बारा पुगे । त्यसअघिको अधिकांस समय भाषण गरेरै बिताएको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदबाटै भाषण कम गरेर काम बढी गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।

त्यसोत नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला माछा समात्ने आँट गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको प्रसंसा भईरहेको छ । तर भ्रष्टाचारका अन्य ठुला प्रकरणका फाईल खोल्ने हिम्मत प्रधानमन्त्री दाहालसँग नभएको उनका आलोचकहरुको आरोप छ । नागरिक अगुवा तथा चिकित्सक डा. गोबिन्द केसी जनताको हितमा काम गर्ने हुटहुटी प्रधानमन्त्री प्रचण्डसँग नभएको बताउछन । वाइड बडी काण्ड, ललिता निवास काण्ड, एनसेल काण्ड, क्याण्टोन्मेण्ट घोटाला प्रकरणको अनुसन्धान गर्ने हिम्मत देखाएमात्रै प्रचण्ड सरकारले जनताबाट वाहवाही पाउने डा. केसीको धारणा छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत प्रधानमन्त्री दाहालको अहिलेको दिनचर्या काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भनेजस्तै भएको बताएको छ । एमाले उपमहासचिब प्रदिप ज्ञवाली प्रधानमन्त्री प्रचण्डको कार्यकाल खेर गईरहेको टिप्पणी गर्छन ।

यो कार्यकालमा काम गर्छु भनेका उनै प्रचण्डले सरकार गठन भएको ५ महिनासम्म मन्त्रिपरिषद्लाई पुर्णता दिन समेत सकेका छैनन् । सरकार १० पटक विस्तार गरिसकेका दाहालले मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको भन्दै आलोचना समेत शुरु भएको छ ।