२० बैशाख २०८१, बिहीबार

मन्त्रालयको भागबण्डाबारे छलफल जारी, शपथको टुङ्गो छैन

gath 1

सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।

बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो।

सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने सम्भावना न्यून रहेको छ।

बुधबार बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, जसपा र एसलाई २, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र अरुलाई १/१ मन्त्रालय दिने सहमति गरेको थियो।

प्रमुख सत्तारुढ दल कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले र एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसालले दलको तर्फबाट सरकारमा नेतृत्व गर्दै छन् । मन्त्रिपरिषद् विस्तारपछि आजै सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजानिक गर्ने तयारी छ ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री दाहालले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।