२० बैशाख २०८१, बिहीबार

अंकमाल गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्री दाहालले दिए बधाई

Capture 1

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै संसद् भवन परिसरमै प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित पौडेललाई बधाई दिएका हुन् ।

सो अवसरमा उनले पौडेलसँग अंकमालसमेत गरेका थिए । यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।