१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्नः महाकाली सन्धिमा राष्ट्रघात किन गरेको ?

upendra yadav parliament

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्ने उनले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैंमा अपमानजनक भएको बताए । तर काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।

तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । माहाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने, जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’

कांग्रेस र कम्युनिस्ट नेताहरुलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेसीहरुलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैं गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।

समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको समेत बताए ।

सुगौली सन्धिभन्दा पछि हटेर महाकाली सन्धि गर्नेले माफी माग्नु पर्दैन ?

उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछि हटेर महाकाली सन्धी गरेकोमा माफी माग्नुपर्ने बताएका छन् ।

संविधान संशोधन विधेयकमाथि शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले महाकाली सन्धि गर्दा मुहानको टुंगो किन नलगाएको भन्दै प्रश्न गरेका छन् ।

नेपालको नक्साको चुच्चो कसको पालामा हटेको भन्नेबारे जानकारी दिनुपर्ने उनले बताए । यादवले संविधान संशोधन विधेयक पारित गर्ने बेलामा अहिले आएर प्रमाण खोज्ने समिति गठन गरेको र त्यसमा मधेशी समुदायलाई सहभागी नगराएको गुनासो गरे ।

‘हिजो हाम्रो पार्टी कार्यालयमा गएर सत्तारुढ दलका कार्यकर्ताले जातीय साम्प्रदायिकता फैलाउने काम भयो । जबसम्म आन्तरिक एकता दह्रो हुँदैन, विदेशीसँग गर्न सक्नुहुन्न,’ यादवले भने ।

यादवले राष्ट्रियताको सवालमा एकै ठाउँमा रहेको भन्दै संविधान संशोधन विधेयकको पक्षमा सर्वसम्मत रुपले पारित गर्ने निर्णय गरेको जानकारी गराए ।

महाकाली सन्धीमा संलग्न सबैले माफी माग्नुपर्छ

जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नेपाल भारतको सीमा समस्या समाधानका लागि वार्तामार्फत् समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।

संसदमा शुरु भएको संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रममा सुगौली सन्धी अपमानजनक रहेको भन्दै काली नदि सीमा मानिएको र काली नदि भनेको महाकाली नदि नै भएको उल्लेख गरेको भन्दै पश्चिमतर्फ आफ्नो दाबी छाड्ने विषय उल्लेख रहेको बताए ।

उनले महाकाली सन्धी गर्दा अहिलेका प्रधानमन्त्री समेत संलग्न रहेको भन्दै महाकाली नदिको सम्झौता गर्दा प्रस्तावनामै सुगौली सन्धीभन्दा पनि पछाडि धकेलेको उनले बताए । महाकाली सन्धीले महाकाली नदी साझा नदी भएको उल्लेख गरिएको भन्दै त्यसमा संलग्न सबैले माफी माग्नुपर्ने बताए । उनले भने,‘मधेशीलाई धोती भनेर अपहेतिल गरिएको तर महाकाली सन्धी गर्दा सुगौली सन्धीभन्दा पनि बछि फर्किएकाले माफी माग्नुपर्छ ।’

नेता यादवले प्रश्न गरे, ‘ महाकाली सन्धी गर्दा नदीको मुहान किन टुंगो नलगाएको छ । नेपालको नक्सामा रहेको चुच्चो कसको पालामा किन गायव भयो । संसदलाई जानकारी चाहियो । नक्साको प्रमाण खोज्न सरकारले हिजोमात्रै कमिटि गठन गरेर उल्टो बाटो हिडेर कहाँ पुगिन्छ ?’

पहिलो राष्ट्रिय एकता यहाँ खोज्नुपर्छ । संक्रिणतावादी भावना त्याग्नुस । विगत ६० वर्षदेखि कालापानी क्षेत्रमा सैनिक व्यारेक राखिएको छ । चीन र भारतबीचमा समेत लिपुलेकका विषयमा समझदारी भएको छ । त्यसबेलादेखि बनेका सरकारले किन ध्यान दिएनन् ।