१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रघाती को हो ? टुँडिखेलमा झुण्ड्याइयोस्, कालापानी-लिम्पियाधुरा नक्सामा मात्र होइन भूमि नै फिर्ता ल्याउनु पर्‍यो : राजेन्द्र महत्तो

rajendra mahato parliament

राजेन्द्र महतोको प्रश्न– राष्ट्रघाती को हो ? टुँडिखेलमा झुण्ड्याइयोस्, राष्ट्रियता कसैको एकलौटी होइन

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले नेपालको गुमेको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा मात्र नभई भूमि नै फिर्ता ल्याउनु पर्ने बताएका छन् ।

नेता राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको पनि बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताए ।

‘आजको ऐतिहासिक बैठक हो । यस्तो दिनमा बोल्न किन समय निर्धारण गर्ने ? मनमा भएको कुरा बोल्न दिनुपर्छ । आजको बैठकमा नेपालको नक्साको प्रस्ताव राख्ने दिन हो’ महतोले भने ‘राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भूभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन ।’

संसदको बैठक हजारौँ पटक बसेपनि शनिबार बैठक सबै नेपाली जनताले यो संसदप्रति हेरिरहेको उनले बताए। जनताको प्रतिनिधिको रुपमा उपस्थित भएका सबैले ऐतिहासिक दिनमा के गर्दै छ भन्नेमा सबैको ध्यान रहेको बताउँदै भने, ‘यो ऐतिहास बैठक नै हो।’ यो सामान्य प्रस्ताव नभएको भन्दै उनले यो देशको भूमिको सवाल भएको दाबी गरे। नेपालको नक्सामा भूमि कहाँ र कति हो भन्ने राख्ने सवाल भएकाले यो महत्वपूर्ण भएको उनको भनाइ थियो।

सबै नेपालीको भावना र राष्ट्रियता र अखण्डतासँग जोडिएको सवाल भएको उनले बताए। नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक राख्ने अवसर भएकाले सबै नेपालीको दृष्टि रहेको भन्दै उनले यो बैठकमा सबैको एकमत हुनुपर्ने बताए।

‘कसैको एकलौटी राष्ट्रियता हुँदैन, राष्ट्रियता भनेको सबैको हो, कुनै एक वर्ग वा क्षेत्रको हो भने त्यो पङ्गु हो,’ महतोले भने, ‘आजबाट राष्ट्रवाद र राष्ट्रघातको नयाँ परिभाषा हुनुपर्छ।’ यस्तो संकटको घडीमा एकता देखाउने हो भन्दै उनले नेपालीले नदेखाए कसले देखाउने हो भन्दै संविधान संशोधनमा सर्मथन रहेको बताए।

‘यो संविधानको बारेमा हाम्रो फरक मत छ, आदिवासी, मधेशी, थारु, दलित वा अन्यको हुन सके,’ उनले भने, ‘यो हाम्रो पनि बनाइदिन पर्‍यो।’ संशोधन गर्ने समय आउँछ र गरौँला भनेर आफूहरुले आश गरेको भन्दै उनले विगतमा भएको सम्झौता सम्झाए। विगतमा आफूहरुले भनेको तर त्यो पिडा सदनमा भन्न पाइन्छ नि! भनेर प्रश्न गरे।

‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्’, महतोले भने । राष्ट्रियताको सवाल आउँदा मधेसीले गर्दैन भन्नु गलत भएको उनले बताए । ‘राष्ट्रियता कसैको एकलौटी होइन । राष्ट्रियता सम्पूर्ण नेपाली जनताको हो । आजबाट राष्ट्रियताको परिभाषा ठिकसँग लेख्नुपर्छ ।’

उनले संवेदनशील घडीमा एकता देखाउनुपर्नेमा जोड दिए । ‘यो समयमा हामीले एकता देखाउनुपर्छ’, महतोल थपे, ‘आफ्नो भूमिका लागि नेपाली जनताले एकता नदेखाए कसले देखाउँछ र ?’

नक्सालाई लिएर संविधानको अनुसूचीमा परिवर्तन गर्ने कुरा आएकोप्रति खुशी व्यक्त गर्दै उनले प्रस्तावको पक्षमा समाजवादी पार्टीले सर्वसम्मत रुपमा समर्थन गरेको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संविधान संशोधन गर्ने प्रस्ताव आएको छ’, उनले भने, ‘हाम्रो पार्टी संविधान संशोधनको पक्षमा सर्वसम्मत समर्थन गर्दैछ ।’

‘हामीले सर्वदलीय बैठकमा भूमि फिर्ता ल्याउने कुरामा सर्मथन दिएकै हौँ,’ उनले भने, ‘संविधानमा आफ्नो कुरा राख्न आन्दोलन गरेर ज्यान गुमाएका छन् ती कुरा पनि प्याकेजमा ल्याउन हामीले माग गरेका हौँ।’ भूमि र जनता मिलाएपछि मात्र राष्ट्रियता हुने भन्दै उनले आफूहरुले नीति विधेयकको रुपमा दर्ता गराएको उनले बताए। ६ वटा संविधान समाप्त भएको र सातौ सबैलाई स्वीकार हुने गरी जनताको माग अनुसार बनाउन माग गरे।

राजपा नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषामा मधेसीलाई समान व्यवहार नगरिएको भनेर असन्तोष व्यक्त गरेका छन् । संविधान सबैको हुन नसकेको भन्दै नेता महतोले भने, ‘यो संविधान जनजातिको हुन सकेन, मधेसीको हुन सकेन, उत्पीडितको हुन सकेन ।’

राष्ट्रियताको परिभाषामा मधेसीलाई जहिल्यै विभेद गर्ने गरिएको भन्दै आफूले उठाएका सवाललाई पनि सँगै प्याकेजमा ल्याई दिन गरेको प्रस्ताव सरकारले बेवास्ता गरेको बताए । उनले थपे, ‘राष्ट्रियता भूमि मात्रै होइन, जनता पनि राष्ट्रियताको परिभाषाभित्र पर्नुपर्छ । मधेसी समुदायको सँधै परीक्षा नलिइयोस् ।’

मधेशका जनताले सीमाको रक्षा गरेको भन्दै महतोले देशका राष्ट्रघाती र देशबेचुवाको खोजी हुनुपर्‍यो भनी प्रश्न गरे। ‘त्यो नेपालको ५८ वर्ष पहिले थियो। त्यो देशबेचुवा को हो खै स्वेतपत्र जारी गरेको?’ उनले प्रश्न गरे, ‘त्यसलाई टुँडिखेलमा झुन्डाउनु पर्छ। महाकाली सन्धि कसरी भयो? त्यही समयमा स्रोत र मुहान कता प्रष्ट भएको भए हाम्रो जमिन मिचिने थिएन होला?’ 

कसले पारित गर्‍यो र कसले सम्झौता गर्‍यो? त्यसको पनि जानकारी पाउनुपर्ने उनले बताए। ‘त्यो समय म त सांसद थिइनँ पार्टी पनि फुटेको थियो रे? राष्ट्रघातीको पहिचान हुनुपर्छ। 

नक्सामात्र जारी गरेर नहुने भन्दै उनले ‘अब जमिन चाहियो, वार्ता गरेर ल्याउनुपर्‍यो।’ दुई देशका जनताका सम्वन्ध हजार वर्षदेखिको भएकाले यसलाई ख्याल गरेर काम गर्न पनि उनले आग्रह गरे।

राष्ट्रघाती को हो ? टुँडिखेलमा झुण्ड्याइयोस्

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि प्रष्ट पारे ।
संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन सबैलाई आग्रह गरे । उनले मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे ।

अहिले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितलाई समेटेर जारी भएको नक्सालाई संविधानमा समेट्न संशोधन प्रस्ताव ल्याइएको जिकिर गर्दै उनले भने, ‘५८ वर्ष अघि यो भूमि नेपालमै थियो, हाम्रै नक्सामा थियो, यो भूमि कसले बेच्यो ?’ उनले देश बेचुवा को हो भन्ने पहिचान गर्नुपर्ने माग पनि गरे । उनले सरकारलाई यसबारे श्वेतपत्र ल्याउन पनि माग गरे । देश बेचुवालाई टुंडिखेलमा झुण्डाउन पनि उनले माग गरे ।

‘महाकाली सन्धिको बेलामा महाकालीको मुहान पत्ता किन लगाइएन ?’ उनले प्रश्न गरे, ‘यो राष्ट्रघाती को हो ? यसको पर्दाफास गर्नुपर्छ ।’ महाकाली सन्धिको बेलामै महाकाली नदीको मुहान कहाँ हो भनेर टुंगो लगाएको भए आज यो अवस्था नआउने उनको भनाइ थियो ।

राष्ट्रियतालाई साँघुरो अर्थमा नबुझ्न पनि उनले आग्रह गरे । राष्ट्रियता एउटा जात, समुदाय, क्षेत्रको हुनै सक्दैन,’ उनले भने, ‘त्यस्तो भयो भने त्यो पंगु राष्ट्रियता हुन्छ, त्यसले राष्ट्रिय एकता, राष्ट्रियता बलियो हुँदैन ।’ राष्ट्रियता, राष्ट्रिय एकताको परिभाषा ठिकसँग गर्नुपर्ने उनको भनाइ थियो । नक्सा बनाउनेमात्र होइन, गुमेको भूभाग फिर्ता ल्याउन पनि आफूहरुले प्रधानमन्त्रीलाई आग्रह गरिरहेको उनले बताए ।

नक्साका लागि मात्र नभई राजनीतिक मुद्दामा पनि संविधान संशोधनका लागि ध्यान दिन सरकारलाई आग्रह गरे । ‘संविधान संशोधनका लागि मानिसले ज्यान गुमाएको छ, संघर्ष गरेको छ,’ उनले भने, ‘जब संशोधनको कुरा आउँछ, हामीले त्यो कुरा पनि ल्याउने गरेका छौं । संगै ल्याइदिनुस्, प्याकेजमा ल्याइदिनुस्, भूमि र जनता मिलाएपछि राष्ट्रियता बलियो हुन्छ भनेका छौं ।’

राष्ट्रियता कसैको एकलौटी होइन

राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको छ। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताएका छन्।

‘आजको ऐतिहासिक बैठक हो। यस्तो दिनमा किन समय निर्धारण गर्ने? मनमा भएको कुरा बोल्न दिनुपर्छ। आजको बैठकमा नेपालको नक्साको प्रस्ताव राख्ने दिन हो’ महतोले भने ‘राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भुभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन।’

‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्’, महतोले भने । राष्ट्रियताको सवाल आउँदा मधेसीले गर्दैन भन्नु गलत भएको उनले बताए । ‘राष्ट्रियता कसैको एकलौटी होइन । राष्ट्रियता सम्पूर्ण नेपाली जनताको हो । आजबाट राष्ट्रियताको परिभाषा ठिकसँग लेख्नुपर्छ ।’

उनले संवेदनशील घडीमा एकता देखाउनुपर्नेमा जोड दिए । ‘यो समयमा हामीले एकता देखाउनुपर्छ’, महतोले भने, ‘आफ्नो भूमिका लागि नेपाली जनताले एकता नदेखाए कसले देखाउँछ र ?’

नक्सालाई लिएर संविधानको अनुसूचीमा परिवर्तन गर्ने कुरा आएकोप्रति खुसी व्यक्त गर्दै उनले प्रस्तावको पक्षमा समाजवादी पार्टीले सर्वसम्मत रुपमा समर्थन गरेको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संविधान संशोधन गर्ने प्रस्ताव आएको छ’, उनले भने, ‘हाम्रो पार्टी संविधान संशोधनको पक्षमा सर्वसम्मत समर्थन गर्दैछ ।’