१४ बैशाख २०८१, शुक्रबार

संसदमै अर्धनग्न बने सांसद अमरेश कुमार

amris1683525772

प्रि-बजेटबारे छलफल गर्न प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको हो ।

बैठकको कारबाही प्रारम्भ भएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले आजको बैठकमा विशेष समयको प्रवन्ध नगरिएको जनाएपछि सांसदहरुले उठेर आपत्ति जनाएका छन् ।

सभामुखले विशेष समय नछुट्याएको विरोधमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेका छन् ।

सभामुखले सदनभित्र सभ्य व्यवहार प्रस्तुत गर्न आग्रह गर्दै संसद नियमावलीको नियम ३० अन्तर्गत बैठकमा असभ्य व्यवहार नगर्न चेतावनी दिए । सभामुखको चेतावनी पछि अर्धनग्न बनेका सांसद सिंहले आफ्नो कपडा लगाएका छन् ।

संसदमा बोल्न विशेष समय नदिएका सभामुख घिमिरेले शून्य समयमा बोल्न दिएका छन् । सांसदहरुले अहिले शून्य समयमा आफ्नो भनाइ राखिरहेका छन् ।