१५ बैशाख २०८१, शनिबार

सांसद सिंहको प्रतिक्रिया : भ्रष्टाचारको विषयमा बोल्न समय नदिएपछि कपडा खोलेको हुँ

amris1683525772

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई भ्रष्टाचारको विषयमा बोल्ने समय नदिईएपछि कपडा खोलेर विरोध जनाएको स्पष्ट पारेका छ्न । आजको प्रतिनिधिसभाको बैठकमा सिंहले समय मागेर बोल्न खोजेका थिए ।

तर, सभामुख देवराज घिमिरेले भने समय दिएनन् । त्यसपछि उनले सट र गञ्जी खोलेर विरोध जनाएका छन् । उनको उक्त कदमलाई लिएर सभामुख घिमिरेले पटक पटक ध्यानाकार्षण गराउँदै कडा चेतावनी दिएका थिए ।

उक्त बैठकबाट बाहिरिएपछि सिंहले भने आफूले कपडा खोलेर विरोध गर्नुको कारण खुलाएका छन् । उनले पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा भने–‘‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन । यो बाहेक मेरो विकल्प थिएन ।’

पछिल्लो समय सिंहले सदनमा भ्रष्टाचारको विषयमा निरन्तर आवाज उठाएका छन् । उनले भ्रष्टाचारमा ठूला ठूला नेता तथा उनीहरुका परिवारका सदस्य संलग्न रहेको आरोप लगाउँदै आएका छन् ।