१३ बैशाख २०८१, बिहीबार

फेरि घट्याे उद्धार उडानकाे भाडा (नयाँ भाडादर सूचीसहित)

nepalairlines a320 airbus

नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ ।

स्वदेश फर्किने नेपालीहरूका लागि भाडादर पुनरावलोकन हुने भएकाे छ। शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा भएकाे छलफलमा हालको प्रस्तावित हवाई भाडादरमा पुनरावलोकन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेपछि नेपाल वायुसेवा निगमले हवाई भाडादरमा पुनरावलोकन गरेकाे हाे।

नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ । विभिन्न देशमा रहेका नेपालीका पिरमर्कालाई ध्यानमा राखी निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको स्पष्ट गरेको छ ।

सरकारको अनुरोधबमोजिम खाडी राष्ट्रहरूलगायत नेपालीहरूको मुख्य श्रम गन्तव्य मुलुकहरूबाट नेपाली नागरिकहरूलाई नेपाली विमानहरूमार्फत स्वदेश फर्काउन यसभन्दा अगाडि जारी गरिएको भाडादरका सम्बन्धमा आएका गुनासाहरूलाई सम्बोधन गर्न गरिएको अधिकतम प्रयासस्वरुप हवाई भाडादर घटाउने निर्णय लिइएको हाे। कुल लागतकाे २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएकाे भएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ।

विभिन्न देशमा रहेका नेपालीहरूका पिरमर्कालाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको हो।

विभिन्न देशमा रहेका नेपालीका पीर मर्कालाई ध्यानमा राखी निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको स्पष्ट गरेको छ ।

‘यस निर्णयबाट विशेषगरी खाडी राष्ट्र, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकहरूलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिएका छौं। नेपाल वायुसेवा निगम सम्पूर्ण नागरिकहरुको सेवामा सदैव तत्पर छ’ जारी विज्ञप्तिमा भनिएकाे छ। त्यस्तै हिमालयन एयरलाइन्सले भने आन्तरिक छलफलपछि निर्णय गर्ने उल्लेख गरेकाे छ।

नयाँ तय भएको भाडा
अब मलेसियाको भाडा ४ सय ६५ डलरबाट घटेर ३७२ डलर निर्धारण भएको छ।

यसैगरी, कतारको दोहाको हकमा ४ सय ९० डलरबाट ३ सय ९२ डलर, युएईको हकमा ४ सय ५० डलरबाट घटेर ३ सय ९०, साउदी दमामको हकमा ५ सय ३० डलरबाट ४ सय ३० डलर कायम भएको छ। खाडीस्थित अन्य गन्तव्यका यसअघिको घाडामा १ सय डलर घटाइएको छ।

जेद्दाको ६ सय ९० बाट घटेर ५ सय ९० डलर, ओमनको हकमा ४ सय ६० बाट घटेर ३ सय ६८ डलर, बराइनको हकमा ३ सय ९२ डलर, कुवेतको हकमा ४ सय १० डलर‚ जोर्डनको हकमा ६ सय ७५ डलर, साइप्रसको हकमा ७ सय ३० डलर नयाँ भाडा तय भएको छ। अन्य गन्तव्यको भने यथावत नै रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

देशपहिला तय भएको भाडा (डलर)नयाँ तय भएको भाडा
मलेसिया४६५३७२
कतार (दोहा)४९०३९२
युएई४५०३९०
साउदी (दमाम)५३०४३०
जेद्दा६९०५९०
ओमन४६०३६८
बहराइन ३९२
कुवेत ४१०
जोर्डन ६७५
ससाइप्रस ७३०

कतारबाट एकैदिन ल्याउँदैछ नेपाली कामदारका १९ शव

कोरोना भाइरसको महामारीका कारण सरकारले लागु गरेको लकडाउनका कारण विदेशमा अहिले एक सय ५० भन्दा बढी नेपाली कामदारको शव अलपत्र अवस्थामा रहेको छ।

सरकारले नेपालीको उद्धार गर्ने निर्णय गरेसँगै ती शव पनि नेपाल ल्याउने बाटो खुलेको छ। यसबीचमा एउटा शव भने नेपाल आईसकेको छ, यूएईबाट। नेपाल एयरलाइन्सले असार ३ गते कतारबाट १९ शव लिएर आउने निश्चित भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

‘संख्या आइपुगे पनि हामीलाई नामहरु प्राप्त भइसकेको छैन। नाम र ठेगान आइसकेपछि हामी अझ तयारी अवस्थामा बस्ने छौँ’, बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले भने।

त्रिभुवन विमानस्थलमा शव आइसकेपछि मृतकका परिवारको घरसम्म पुर्‍याइदिने काम बोर्डले गर्दछ। सुवेदीले विभिन्न देशमा रहेका कूटनीतिक नियोगलाई शवलाई पनि प्राथमिकता दिन आग्रह गरिएको बताए बताए।

कतारसहित साउदी अरब, कुवेत, मलेसियालगायत अधिकांश नेपालको वैदेशीक रोजगारीका प्रमुख गन्तव्य राष्ट्रहरुमा नेपाली कामदारको शव अलपत्र रहेको छ।

नेपालमा निरन्तर लकडाउनपछि सरकारले विदेशमै दाहसंस्कारका लागि सहमति दिने मृतकका परिवारलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने निर्णय पनि गरेको थियो। सुरुका दिनहरुमा परिवारले सहमति दिएपछि उद्धार गर्ने निर्णयपछि त्यो क्रम घटेको छ।