६ जेष्ठ २०८१, आईतवार

राष्ट्रपति चुनावबारे सबैकाे सबैसँग छलफल चलिरहेकाे छ, टुंगाेमा पुगिएकाे छैन : प्रधानमन्त्री दाहाल

prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल जारी नै रहेकाे बताउनुभएकाे छ । सिंहदरबारमा आज बसेकाे तीन दलकाे बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रया दिनुहुँदै प्रधानमन्त्री दाहालले भाेलि पनि छलफल जारी रहने बताउनुभयाे ।

आज नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरूबीच राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल भएकाे थियाे ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले पुरानाे पाँचदलीय गठबन्धन ब्युँत्याउने अथवा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने भन्नेमा कुनै टुंगाे लागिनसकेकाे बताउनुभयाे ।

उहाँले भाेलि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका नेताहरूसँग पनि आफूले छलफल गर्ने जानकारी दिनुभयाे । अहिले सबै दलका नेताहरू आ–आफ्नाे ढंगले छलफलमै रहेकाे उहाँले बताउनुभयाे ।

‘छलफल चलिरहेको छ । भाेलि फेरि छलफल हुन्छ । भाेलि मेराे एमाले अध्यक्ष ओलीजीसँग पनि कुराकानी छ । कांग्रेससँग पनि छ’, प्रधानमन्त्रीले भन्नुभयाे, ‘सबैकाे सबैसँग छलफल चलिरहेकाे छ ।’