२९ बैशाख २०८१, शनिबार

‘हेर्न नभ्याइनेमा’ सन्दीप लामिछानेको मुद्दा

sandeep

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीमा आज (बिहीबार) सुनुवाइ हुन सकेन ।

आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदरको माग गर्दै लामिछानेले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा ‘हेर्न नभ्याएकाले’ सुनुवाइ नभएको हो ।

साधारण तारेखमा बसेर मुद्दाको प्रतिरक्षा गर्न पाउनुपर्ने माग राख्दै लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध गत मंसिर २९ मा उच्च अदालत पाटनमा निवेदन दिएका थिए । त्यसपछि गत पुस ७ मा पेशीमा चढेको उक्त मुद्दालाई लामिछानेकै कानुन व्यवसायीले स्थगन गराएकाले सुनुवाइ हुन पाएको थिएन । बिहीबारका लागि तोकिएको पेसी भने न्यायाधीशहरु सुभाष पौडेल र किरणकुमार पोखरेलले ‘हेर्न नभ्याएकाले’ सुनुवाइ नभएको हो ।

लामिछानेका कानुन व्यवसायीले ‘पीडित किशोरी’ नाबालिग नभएको दाबी गर्दै आएका छन् । बलात्कार मुद्दामा सजाय निर्धारण गर्न पीडित महिलाको उमेरलाई महत्त्वपूर्ण आधार मानिन्छ । त्यस्तै नाबालिगसँगको यौन सम्बन्धलाई पनि बलात्कार मानिन्छ भने पीडितको उमेर १८ वर्ष भन्दा बढी भएको अवस्थामा भने यौन सम्बन्ध जबरजस्ती भएको स्थापित गर्नुपर्ने हुन्छ । त्यसैले पनि लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरमा जोड दिइरहेका छन् । तर, अदालतले फैसला नहुन्जेल पुर्पक्षका लागि सन्दीपलाई कारागार पठाएका थियो ।

अनुसूची फाराम र बसाइसराइँमा समेत जन्ममिति त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ। गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि सन्दीपलाई प्रहरीले गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा राखेको थियो। सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा छन् ।