२३ बैशाख २०८१, आईतवार

बैठक नसकिँदै बाहिएका लिङ्देनले भने – सरकारमा जादैनौँ

Rajendra Lingden

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी सात दलीय गठबन्धनको बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बाहिरिएका छन् । बैठक जारी रहँदै गर्दा उनी बीचमै निस्किएका हुन् ।

अध्यक्ष लिङ्देनले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जाने निश्चित भएका दलहरूको छलफल भइरहेकाले बाहिरिएको बताए । उनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाँदैन तर समर्थन गर्ने विषयमा पार्टी भित्र छलफल भइरहेको छ । हामी सरकारमा जाने/नजाने विषय निश्चित नभएकाले सरकारमा जाने दलहरूबीच कुरा भइरहेको छ ।’

उनले अहिले सरकारमा नगए पनि पछि पार्टीको निर्णणबाट सहभागी हुनसक्ने सम्भावना रहेको बताए ।