२३ बैशाख २०८१, आईतवार

भारत जोडो यात्रा: गान्धी भन्छन् – घृणाको बजारमा प्रेमको पसल

rahul gandhi

पार्टी नेता राहुल गान्धीके नेतृत्वमा कांग्रेसको ’भारत जोडो यात्रा’ दिल्लीपुगेको छ । स्वास्थ्य मन्त्रीले कोभिड प्रोटोकलहरू पालना गर्न आह्वानबीच यात्रा आज बिहानै दिल्ली प्रवेश गरेको हो ।

दिल्ली कांग्रेस प्रमुख अनिल चौधरी र पार्टी कार्यकर्ताहरूले राहुल गान्धी, अन्य पार्टी नेताहरू र पदयात्रीहरूलाई बदरपुर बोर्डरमा स्वागत गरे । गान्धीसँग हरियाणाका पूर्व मुख्यमन्त्री भूपिन्दर सिंह हुड्डा, कुमारी सेलजा र रणदीप सुरजेवाला पनि थिए ।

‘देशका आम मानिस अहिले प्रेमको कुरा गरिरहेका छन्। हरेक राज्यमा लाखौंको संख्यामा यात्रामा सहभागी भइसकेका छन्। मैले आरएसएस र भाजपाका मानिसहरूलाई भनेको छु कि हामी तपाईंको घृणाको ’बजार’ मा प्रेमको पसल खोल्न आएका छौं’, गान्धीले भने । विपक्षीले घृणा र आफूहरुले माया जगाएको उनले दाबी गरे ।

गान्धीले सेप्टेम्बरदेखि भारत जोडो यात्रा सुरु गरेका थिए । यात्राका क्रममा विभिन्न वर्ग, पेसा र समुदायका व्यक्ति सहभागी छन् ।

यसैबीच, सरकारले कोरोना महामारीको सम्भावित जोखिमलाई मनन गर्दै राहुललाई पत्र लेखेर यात्रालाई विराम दिन आग्रह गरेको छ ।

तर, सरकारले कोरोनासम्बन्धी कुनै पनि नियम घोषणा नगरेका बेला कोरोनालाई कारण बनाएर राहुलको यात्रा रोक्ने कार्य उपर्युक्त नभएको कंग्रेसको भनाइ
छ ।