५ जेष्ठ २०८१, शनिबार

गायिका रचना रिमाल भन्छिन् – ‘सन्दिप निर्दोष भए विश्वकप खेल्न देउ’

sandeep rachanaa

गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेलाई कि सजाय दिन कि त विश्वकप खेल्न दिन आग्रह गरेकी छिन् ।

नेपालले जुनको २ तारिखबाट अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको ‘टी २० विश्वकप’मा भाग लिँदै छ । तर, क्रिकेटर सन्दीप लामिछानेको बलात्कारको मुद्दा भने अदालतमा छ । जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको पुनरावेदन मुद्दा चलिरहेको छ ।

बलात्कारको अभियोगमा लामिछानेको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएको थियो । आज पनि यो मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ ।

उक्त विषयलाई लिएर ‘हेर्न नमिल्ने’ सूचीमा परेसँगै गायिका रचना रिमालले टिप्पणी गरेकी हुन् ।

गायक रिमालले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘दोषी भए कानुन अनुसार सजाय देऊ । निर्दोष भए विश्वकप खेल्न देऊ ।’

रचनाको यो स्ट्याटसमा अधिकांश मानिसहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा पनि विगत केही दिनदेखि सन्दीप दोषी भए कारबाही गर्न र निर्दोष भए क्रिकेट टिममा समावेश गर्नुपर्ने माग उठिरहेको छ । 

    सम्बन्धित समाचार...