६ जेष्ठ २०८१, आईतवार

वैशाख २४ गते तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

pathivara

आज मिति २०८१ वैशाख २४ गते सोमबार । सन् २०२४ मे ६ तारिख । नेपाल सम्बत ११४४ चौलागा त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५:२० बजे भयो भने सूर्यास्त साँझ ६:४० बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्ने योग छ । कर्मबल र दायित्व बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

सोचेको काम सफलतापूर्वक सम्पन्न हुने समय भए पनि आजको दिन नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने छ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनु पर्ने समय छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने छ ।

मिथुन

बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ, तर आजको दिन नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । काम बिग्रने डरले चाहिँ सताइरहन सक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । कसैलाई जथाभावी वचन दिने कार्य नगर्नु हितकर होला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट

दिन रमाइलैसँग बित्नेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । तपाईंको कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउने छन् । रमाइलो यात्राको योग रहेको छ । पारिवारिक सुख मिल्नेछ ।

सिंह

पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि मिल्न सक्छ र, विशेष योजनाहरू बन्ने छन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ । दाम्पत्य सुख बढ्ने छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्ने छ । कुनै कलात्मक काम रोकिएको छ भने आज प्रयास गर्दा सफलता मिल्ने छ ।

कन्या

भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्ने छन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सावधानीपूर्वक काम गर्नु होला । प्रेमभाव बढ्ने छ । साथीभाइको सहयोग प्राप्त गर्नु हुनेछ ।

तुला

पारिवारिक जमघटमा मन रमाउने छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिने छन् र काममा सोचेजस्तै लाभ मिल्ने छ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ, सावधान रहनु होला । विलासी काममा आकर्षण बढ्ने छ । आफन्तको साथ प्राप्त हुनेछ ।

बृश्चिक

आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला, तर त्यसले धनलाभ गराउने सम्भावना छ । उत्साह बढ्नेछ तर असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनु होला । व्यस्तता बढ्ने छ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहने छ ।

धनु

काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा होला । सहयोगीहरूबाट अलिक धोका पाइने योग रहेकोले सचेत रहनु होला । आज खर्चको मात्रा बढ्ने देखिन्छ । फजुल खर्चबाट जोगिने प्रयास गर्नु होला । खेलकुद तथा रसरागात्मक काममा आकर्षण बढ्ने छ । दाम्पत्यसुख बढ्ने छ । शत्रुपक्ष परास्त हुनेछ ।

मकर

लाभ हुने काम प्रारम्भ गर्ने समय छ र गरिएका कामको मूल्यांकन पनि राम्रै हुनेछ । तर, स्वास्थ्यप्रति चाहिँ आजको दिन विशेष ख्याल राख्नु हितकर हुनेछ । साझेदारीमा फाइदा हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्ला । नियम कानूनले साथ दिनेछ । यात्रागत कार्य सार्थक रहला ।

कुम्भ

रोकिएका काम बिस्तारै बन्ने छन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव एवं कार्य सम्पादन गर्ने क्षमता बढ्ने छ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ने छ । अनावश्यक विवादमा परिने समय रहेकोले सचेतनाको आवश्यकता छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।

मीन

फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, होसियारीसाथ काम लिनु पर्ने समय छ । विवेक पुऱ्याउँदा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । आफन्तको साथ कमै मिले पनि अनुकूलता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलासका साथ मिठो भोजन प्राप्त होला ।

तपाईको दिन शुभ होस्

    सम्बन्धित समाचार...