२४ बैशाख २०८१, सोमबार

राहुल गान्धीमाथि सोधपुछ हुँदै नेसनल हेराल्ड काण्डमा, विरोधमा सडकमा उत्रिए कंग्रेस कार्यकर्ता

rahul gandhi

नेसनल हेराल्ड काण्डमा पार्टी नेतृ सोनिया गान्धी र राहुल गान्धीलाई कारबाही गरेको विरोधमा उत्रिएका भारतीय कांग्रेस पार्टीका कार्यकर्तालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

सम्पत्ति शुद्धीकरण मुद्दामा राहुल गान्धी आज प्रवर्तन निर्देशनालयमा उपस्थित हुँदैछन् । निर्देशनालयले सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलबारे अनुसन्धान गरिरहेको छ । 

त्यसैको विरोधमा कंग्रेस कार्यकर्ताले नयाँ दिल्लीलगायतका सहरमा विरोध प्रदर्शन गरेका छन् । निर्देशनालयमा वरपर प्रहरीले निषेधाज्ञा जारी गरेको छ । कंग्रेस नेताहरूले निषेधाज्ञाबारे पुनर्विचार गर्न आग्रह गरेका थिए । पार्टीले राजधानी दिल्लीलगायतका धेरै सहरहरूमा योजनाबद्ध रूपमा विरोध प्रदर्शनलाई अगाडि बढाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय  प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

पार्टीले आफ्ना नेताविरुद्धका आरोप ‘नक्कली र आधारहीन’ भएको र भाजपाले ‘बदलाको राजनीति’ गरेको आरोप लगाएको छ ।