२४ बैशाख २०८१, सोमबार

(भिडियोसहित) ‘भारत जोडो यात्रा’ कार्यक्रममा नेपालको राष्ट्रिय गान बजे पछि…

gandi

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सहभागी ‘भारत जोडो यात्रा’ कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको रोचक दृश्य देखिएको छ ।

महाराष्ट्रको वासिममा भएको सो कार्यक्रममा गान्धी सहभागी भएका थिए । कार्यक्रम सुरु हुनुअघि गान्धीले राष्ट्र गीत बजाउन निर्देशन दिएको भिडियोमा देखिन्छ । उनले निर्देशन दिए लगत्तै नेपालको राष्ट्रिय गीत ‘सयौं थुंगा फूलका हामी’…।’ को धुन बज्न थाल्छ । केही सेकेन्डमै रोकिन्छ र पुन बज्न थाल्छ । गीत बज्दा सबै उभिए । केही क्षणपछि असमञ्जस्यताको स्थिति देखियो । यो घटना बुधबारको हो ।

rahul gandhi

नेपालको राष्ट्रिय गीतको प्रारम्भिक धुन बजिरहँदा राहुल गान्धीलगायत कसैले पनि मेसो पाउँदैनन् र गम्भीर मुद्रामा उभिन्छन् । ‘सयौं थुंगा फूलका हामी‘’ घन्किन थालेपछि करिब १० सेकेन्डमा मात्रै गान्धीको दिमाग खुल्छ । त्यसपछि नेपालको रोकेर आफ्नो देशको राष्ट्रगान बजाउन फेरि निर्देशन दिन्छन् ।

सो कार्यक्रमको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनि रहेको छ । यो प्राविधिक गल्ती थियो तर यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । केही समयको अन्योलपछि बल्ल भारतको राष्ट्रिय गान बज्यो । विदेशको राष्ट्रगान बजाएर पनि थाहा नपाएको भन्दै राहुल गान्धी ट्रोल बनिरहेका छन् ।